नागरिकता विधेयकमा मतदान गर्न एमालेको माग

Read Time = 1 min

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रपतिबाट सन्देशसहित नेपाल नागरिकता (पहिलो स‌ंशोधन) विधेयक २०७९ पारित गर्दा प्रतिनिधिसभामा मतदान गर्न माग गरेको छ ।

बिहीबार दिनभर छलफल भएको सो विधेयक बिहीबार नै पारित गर्ने कार्यसूची छ । अहिले गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिइरहनुभएको छ।

सो विधेयक पारित गर्ने बेलामा ध्वनि मत नमान्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताउनु भयो। उहाँले मत ‍विभाजनमा ध्वनि मत नभएर मतदान गरिनुपर्ने माग गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?