निसीखोलामा टाउको नभएको शल फेला, हत्या भएको आशंका

Read Time = 1 min

-डम्मर बुढा मगर
बागलुङ । बागलुङको निसीखोलामा टाउको नभएको शव फेला परेको छ । निसीखोला गाउँपालिका वडा नम्बर ४ झिवाखोला बजार नजिकै वडा नम्बर ५ कामीडेराका २४ वर्षीय तुलबहादुर विकको शव फेला परेको हो ।

सुरुमा शव पत्ता लगाउन नसके पनि उनको हातमा रहेको ट्याटुको आधारमा विक नै हुन भन्ने पुष्टि भएको हो । उनको टाउको भने भेटिएको छैन । स्थानीयले विहान १० बजेतिर निसीखोलाको बीचमा ढुङ्गामा अड्किएको अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

युवाको टाउको चुँडिएको अवस्थामा रहेकोले कसैले हत्या गरेर खोलामा फालेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरी टोली घटना स्थलमा गइसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवालीले जानकारी दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?