नागरिकता विधेयकमा एमालेको माग अनुसार मत विभाजन प्रक्रिया सुरु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ । नेकपा एमालेका सांसदले मत विभाजन मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रिया सुरु गर्नुभएको हो ।

गृहमन्त्रीले प्रस्ताव पेश गरेलगत्तै एमाले सचेतक विशाल भट्टराईले वैवाहिक अंगिकृतका लागि ७ वर्षे प्रावधान हटाइएको भन्दै तीव्र आलोचना गर्नुभएको थियो ।

अब नागरिकता विधेयक पारित गर्दा मत विभाजन हुनेछ । अब सांसदहरुले यो विधेयक पारित गर्दा पक्ष वा विपक्षमा मत दिनु हुने छ ।
सभामुख सापकोटाले विधेयक पारित गर्ने क्रम अघि बढाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजनबाट मात्र निर्णय गर्नुपर्ने माग गरेको थियो ।

प्रतिनिधिसभा नियमावली अनुसार २८ जनाभन्दा बढी सांसदले मत विभाजनको माग गरेकाले सोही प्रक्रिया अपनाइने भएको सभामुख सापकोटाले जानकारी दिनुभयो।

यस अघि सांसदहरुले हात उठाएर नागरिकता विधेयक पारित गरिएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?