कैलालीमा एक महिला मृत फेला

Read Time = 1 min

धनगढी । कैलालीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ स्थित लठैयाकी ४६ वर्षीया रेश्मा चौधरी मृत फेला परेकी हुन् ।

बुधबार उनी आफ्नै घरमा मृत फेला परेकी प्रहरीले जानकारी दिएको छ । उनले विष सेवन गरेर आत्महत्या गरेको खुलेको प्रहरीको भनाइ छ ।

सोही ठाउँमा संचालित एक लघुवित्त संस्थाबाट मृतक रेश्माले ऋण लिएकी थिइन् । लघुवित्तका कर्मचारीहरुले हिजो नै उनलाई पैसा तिर्न भन्दै घरमा गएर ताला लगाएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?