काठमाडौं । अखिल नेपाल टेबलटेनिस सङ्घको आयोजनामा कल्याण पाण्डे प्रथम राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता भदौ १७ गतेदेखि हुने भएको छ ।
प्रतियोगिताको जुनियर र क्याडेटमा गरी ४ सिङ्गल्स स्पर्धामा प्रतिस्पर्धा हुनेछ । जुनियर/क्याडेटको पुरुष/महिलामा दुई/दुई स्पर्धा समावेश छन् ।
प्रतियोगितामा करिब दुई सय खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको आयोजक सङ्घका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जनाउनुभएको छ । तीनदिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका