ब्राइट होराइजन सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ब्राइट होराइजन नवौँ ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सेमिफाइनलमा प्रवेश गरेको छ । ब्राइट होराइजनले जेनिथलाई ५८-३२ ले पराजित गर्‍यो । सोही स्पर्धामा ग्रिनल्यान्डले रेडिअन्तलाई ४६-३० तथा महामञ्जुश्रीले आयोजक ग्रिनफिल्डलाई ३५-३३ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

जुनियर ब्वाइजमा ग्रिनफिल्ड ‘ए’ ले महामञ्जुश्रीलाई १४-८, एन्जल्स हार्टले ग्रिनफिल्ड ‘बी’ लाई १९-११, लालीगुराँस नेसनल एकेडेमीले ओरेकललाई २०-८ र इडेन ब्रिज एकेडेमीले संस्कृतिलाई ४६-११ ले पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरे ।

सिनियर गल्र्समा रेडिअन्तले आर्यालाई २६-१६, ग्रिनल्यान्डले ग्रिनफिल्डलाई १३-४, संस्कृतिले हिमालयनलाई १२-७ र काष्ठमण्डपले ग्रिनफिल्डलाई १७-६ ले पन्छ्याउँदै सेमिफाइनलमा स्थान बनाए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?