न्युजिल्यान्डमाथि वेस्ट इन्डिजको जित

हिमालय टाइम्स
Read Time = 2 mins

कराँची । वेस्ट इन्डिजले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलमा न्युजिल्यान्डलाई पाँच विकेटले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा वेस्ट इन्डिजले १-० को अग्रता लिएको छ ।

जितका लागि १९१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ३९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । वेस्ट इन्डिजको जितमा शमराह बु्रक्सले ९१ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ७९ रनको योगदान दिनुभयो ।

ओपनर शाई होप २६ र काइल मेयर्स ६ रनमा आउट हुनुभयो । कप्तान निकोलस पुरन २८, जर्मेन ब्यालेकहुड १२ र जेसन होल्डरले १३ रन बनाउनुभयो । न्युजिल्यान्डका टे«न्ट बोल्ट र टिम साउथीले समान दुई/दुई विकेट लिनुभयो ।

त्यसअघि बार्बाडोसमा टस हारेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्ड ४५.२ ओभरमा १९० रनमा अलआउट भयो । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ५० बलमा ४ चौकासहित सर्वाधिक ३४ रन बनाउनुभयो । ओपनर मार्टिन गुप्टिल २४ र फिन एलेन २५ रनमा आउट हुनुभएको थियो । एलेनले २४ बलमा २ चौका र २ छक्का प्रहार गर्नुभयो ।

डेभन कन्वे ४, टम लथम १२, डर्याल मिचेल २०, माइकल ब्रेसवेल ३१ र मिचेल सान्टनर २५ रनमा आउट हुनुभयो । वेस्ट इन्डिजका अकिल हुसेनले १० ओभरमा २८ रन खर्चेर ३ विकेट लिनुभयो ।

अल्जारी जोशेफले ८.२ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिनुभयो । जेसन होल्डरले ८ ओभरमा १ मेडनसहित ३९ रन खर्चेर २ विकेट लिनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?