‘सायरा’ को जिम्मा बलिउड निर्देशक देसाईलाई

Read Time = 3 mins

काठमाडौं । निमार्ण हुने भनिएको नयाँ नेपाली चलचित्र ‘सायरा’ निर्देशनको जिम्मा बलिउड निर्देशक विशाल देसाईले पाउनुभएको छ । अभिनेता आर्यन सिग्देल अनुबन्धित भएको यो चलचित्रका निर्माता रघु परियार र बलिउड निर्देशक विशालबीच मुम्बईमा बिहीबार सम्झौता भएको छ ।

निर्माण कम्पनि डि.बि.आर. मिडिया एण्ड मुभिज प्रालिको तर्फबाट सम्झौता गर्दै निर्माता रघुले आउँदो दशैँ ताका फिल्म छायांकन हुने बताउनुभएको छ । ‘हाम्रो फिल्म गर्न उहाँ तयार हुनुभयो । बलिउडको उहाँको अनुभवले नेपाली फिल्मको मेकिङ उत्कृष्ट हुने विश्वास छ । उहाँले हामीलाई गर्नुको ट्रष्टले निकै खुशी मिलेको छ’, मुम्बईबाट निर्माता रघुले भन्नुभयो । निर्देशक देसाईले पनि नेपाली चलचित्र गर्न पाउँदा उत्साहित भएको बताउनुभयो । ‘नेपाल र भारतको सम्बन्ध निकै प्रगाढ छ । सांस्कृतिक दृष्टिकोणले पनि हामी नजिक छौँ । नेपाली फिल्मको अफर आएकाले यसपटक गर्न रेडी भएको हुँ’, निर्देशक देसाईले भन्नुभयो । उहाँ अहिलेसम्म नेपाल नआए तापनि नेपाली जीवनशैलीसँग परिचित रहेको प्रतिक्रिया दिनुभयो ।

निर्देशक देसाईले वीरगति र ढोलकी नामक चलचित्र निर्देशन गरिसक्नुभएको छ । यस्तै उहाँले ‘कामिनी दामिनी’ नामका टिभी सिरियलसमेत निर्देशन गर्नुभएको छ । उहाँले धेरै चलचित्रमा अभिनयसमेत गर्नुभएको छ । उहाँले ‘अमर प्रेम’ मार्फत अभिनय यात्रा सन् १९७२ मा सुरु गर्नुभएको थियो ।

चलचित्रमा अभिनेताको रूपमा आर्यन सिग्देल केही अगाडिमात्र अनुबन्धित भइसक्नुभएको छ । नेपाली चलचित्रमा अभिनय गर्नसक्ने चकलेटी लुक्स भएका आर्यनको बलियो कमब्याकको रूपमा ‘सायरा’ हुनेछ । चलचित्र सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ ।

आउँदो असोजबाट छायांकन गर्ने तयारीमा रहेको चलचित्र ‘सायरा’ को ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ । चलचित्रका प्रस्तुतकर्ता रघुले दशैँ र तिहारमा छायांकनको तयारी भइरहेको बताउनुभयो । उनले फिल्मको अन्य काष्ट एण्ड क्रिउको बारेमा केही समयमै जानकारी दिने बताउनुभयो । चलचित्रमा कथा उहाँकै रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?