वसन्तपुरमा अर्थरको प्रस्तुति

Read Time = 2 mins

काठमाडौं । अमेरिकन आइडल फाइनलिस्ट नेपाली मुलका गायक दिवेश पोखरेल (अर्थर गन) ले बुधबार काठमाडौंको वसन्तपुरमा आफ्नो प्रस्तुति दिनुभएको छ । जन्मथलो आइपुगेकै दिन बुधबार उहाँले त्यहाँ प्रस्तुति दिनुभएको हो ।

बुधबार साँझ उहाले वसन्तपुरको नव आदर्श विद्यालयअगाडि प्रस्तुति दिनुभएको हो । उहाँले ‘स्ट्रिट पर्फोम’ गर्नुभएको हो । त्यहाँको फोटो फेसबुकमा शेयर गर्दै अर्थरले लेख्नुभएको छ, ‘मैले जहाँबाट सुरु गरेको थिएँ, त्यही गरेँ ।

जन्मूमिमा बस्किङ (सार्वजनिक स्थलमा स्वेच्छिक दानका लागि गरिएको प्रस्तुति), वसन्तपुर दरबार स्क्वायर । आफ्नो समय दिएर सुनिदिनुभएका तपाईं सम्पूर्ण र जसले यो सम्भव गरायो, तपाईं सम्पूर्णलाई धन्यवाद । सबैलाई अगस्ट २० मा क्लब प्लाटिनममा भेट्नेछौँ ।’

उहाँ आउँदो शनिबार काठमाडौंको क्लब प्लाटिनममा गुञ्जिँदै हुनुहुन्छ । एक महिनाका लागि नेपाल टुरमा आएका अर्थरको दोस्रो प्रस्तुति यही अगस्ट २४ मा चितवन, अगस्ट २६ मा पोखरा र त्यसपछि अगस्ट ३१ मा बुटवलमा हुने तय छ । सन् २०२० को अमेरिकन आइडलका फर्स्ट रनरअप उहाँ त्यसपछि पहिलोपटक नेपाल आउनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?