काठमाडौं । आर्थिक समृद्धिका लागि नवप्रवर्तन र उद्यमशीलता भन्ने नाराका साथ हुने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैङ्क रहने भएको छ । सरकार र निजी क्षेत्रको साझेदारीमा आगामी भदौ २८ गते काठमाडौँमा हुने उक्त सम्मेलनमा राष्ट्रिय वाणिज्य बैङ्क टाइटल स्पोन्सर रहने सम्झौता भएको छ ।
राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विशाल मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृतसमेत रहनुभएका सम्मेलन मूल आयोजक समितिका संयोजक विशाल गैरेबीच सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय युवा परिषद् र निजी क्षेत्रबाट विशाल मिडिया ग्रुपको मूल संयोजनमा शिखर सम्मेलनको दोस्रो संस्करण हुन लागेको हो ।
सम्मेलनको उद्देश्य युवालाई उत्पादन र स्वरोजगारसँग जोड्दै नेपालमै उद्यमी बनाउन प्रोत्साहन गर्ने रहेको परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताउनुभयो । आयोजकका अनुसार सम्मेलनमा ७७ वटै जिल्लाबाट प्रतिनिधित्व रहने गरी उद्यमी बन्न चाहने र उद्यम गरिरहेका करिब पाँच सयजना युवा सहभागी हुनेछन् ।
सम्मेलनमा स्टाटअर्प स्टोरी आदानप्रदान, प्यानल डिस्कसन, समूहगत छलफल, नेटवर्किङ, सफल युवा उद्यमीको प्रस्तुतिसहितको अवार्ड वितरण, उद्यमी मेला, विश्व बजारमा भइरहेका नवप्रवर्तनीय कार्यको डेमो प्रदर्शन, लगानी सम्झौतालगायतका कार्यक्रम सञ्चालन हुनेछन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका