काठमाडौं । आठौँ फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ को स्टल बुकिङ कार्य अन्तिम चरणमा पुगेको छ । एक्स्पोमा तयार गरिने अधिकांश स्टलको बुकिङ भएको आयोजकले जनाएको छ । यही भदौ २३ देखि २७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने एक्स्पोमा सहभागी हुन भारत तथा बङ्गलादेशका समेत प्रदर्शकले स्टल बुकिङ गरेको एक्स्पोको व्यवस्थापक इभेन्ट सोलुसन प्रालिले जनाएको छ ।
नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजनामा हुने एक्स्पोमा कुल एक सय १० स्टल रहने बताइएको छ । इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानका अनुसार मुख्य हलका सबै स्टल बुक भइसकेका छन् भने हृयाङ्गरका केही स्टलमात्र बाँकी छन् । सङ्घका अध्यक्ष शुभेन्द्र जोशीका अनुसार चाडपर्वको मौसम चल्दै गर्दा घर तथा कार्यालयको फर्निचर अपग्रेड गर्नका लागि एक्स्पो उचित गन्तव्य बन्नेछ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि