काठमाडौं । नेपाल टेलिकमले ग्राहकको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ । प्याकेजअन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
इन्डिया भ्वाइस प्याक-डेली अफरअन्तर्गत एक दिनमा १७ मिनेट कुराकानी गर्न सकिने प्याक ५९ रुपैयाँमा उपलब्ध हुनेछ भने विक्ली अफरअन्तर्गत एक हप्तासम्म ७५ मिनेट र मन्थ्ली अफरअन्तर्गत एक महिनासम्म दुई सय २१ मिनेट कुराकानी गर्न सकिने प्याकहरू क्रमशः दुई सय ५९ र सात सय ५९ रुपैयाँमा उपलब्ध हुनेछ ।
एक्सेस कोडहरू ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिने कम्पनीका सहप्रवक्ता रञ्जित लोहियाले जानकारी दिनुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका