माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, पदाधिकारी टुंगो मुख्य एजेण्डा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज( शुक्रबार) बस्ने भएको छ । बिहीबार बस्ने भनिए पनि पटक–पटक सर्दै स्थगित भएको बैठक आज बस्न लागेको हो ।

बिहीबार बिहानका लागि तय भएको बैठक आन्तरिक तयारीका लागि बेलुकाका लागि सारिएको थियो । बिहीबार साँझ प्रतिनिधि सभामा नागरिकता विधेयकमाथि छलफल तथा मतदान गर्नुपर्ने भएकाले बैठक आजका लागि सारिएको हो । बैठक अहिले साढे ८ बजे बस्नेछ ।

यसअघि बुधबार बसेको स्थायी कमिटी बैठकमा अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल भएको थियो ।

केन्द्रीय कमिटी, पोलिटव्यूरो, स्थायी कमिटी र पदाधीकारी आज बस्ने पार्टी स्थायी कमिटी बैठकले टुंगो लगाउने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ ।

आज पार्टीको अपूर्ण कमिटीहरूलाई पूर्णता दिने भएको छ । यसका लागि करिब–करिब पार्टीमा सहमति भइसकेको माओवादी केन्द्रले जनाएको छ ।

माओवादीमा अध्यक्षबाहेक अन्य पदाधीकारी चयन हुन सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?