चन्द्रमामा मानव लैजाने गरी नासाको विशाल रकेट तयार

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमामा मानिस पठाउन निर्माण गरेको रकेट प्रक्षेपणको तयारी थालेको छ । स्पेस लन्च सिस्टम (एसएलएस) नामको रकेटलाई फ्लोरिडामा रहेको केनडी स्पेस सेन्टरमा रहेको ‘प्याड–३९ बी’ मा लगिएको छ ।

झन्डै सय मिटर अग्लो एसएलएसलाई ठूलो ट्र्याक्टरमा चढाएर प्याडसम्म लगिएको बीबीसीले जनाएको छ । त्यहाँबाट रकेट अबको दश दिनपछि अर्थात अगस्ट २९ मा पहिलो पटक उड्नेछ ।

त्यो परीक्षण उडानमा चालक दलका कोही पनि सदस्य रहने छैनन् । तर पछि एसएलएस रकेट प्रयोग गरेर अमेरिकाले ५० वर्षपछि चन्द्रमामा पहिलो पटक अन्तरिक्षयात्री पठाउने योजना बनाएको छ ।

यो नासाका लागि एउटा महत्त्वपूर्ण क्षण मानिएको छ । आउँदो डिसेम्बरमा अमेरिकाले अन्तिम पटक चन्द्रमामा सफलतापूर्वक मानव अवतरण गराएको अपोलो–१७ अभियानको ५०औँ वार्षिकोत्सव मनाउन लागेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?