चेक बाउन्स मुद्धामा कांग्रेस प्रदेश क्षेत्रीय सभापति पक्राउ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

भक्तपुर । चेक बाउन्सको मुद्दामा नेपाली कांग्रेसका प्रदेश क्षेत्रीय सभापति उद्धवबहादुर खड्का पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर (२) का प्रदेश क्षेत्रीय सभापति उद्धवबहादुर खड्कालाई बिहीबार साँझ पक्राउ गरेको हो ।

भक्तपुर प्रहरीका अनुसार पुरुषोत्तम पाण्डेले दिएको चेक बाउन्सको उजुरीका आधारमा खड्कालाई गोठाटारवाट पक्राउ गरिएको हो ।

सभापति खडकाले पाण्डेलाई तिर्नुपर्ने ३४ लाख ५० हजार रकम नतिरी उल्टै धाक धम्की दिई हिँडेको भन्दै प्रहरीमा उजुरी परे पछि बिहिवार साँझ उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका खडका माथी अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?