सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद

हिमालय टाइम्स
Read Time = 1 min

मोरङ्ग । मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका-१६ दरैयाँस्थित सीमा ईलाकाबाट बिहीबार सशस्त्र प्रहरीले करीव १ लाख ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाले बरामद गरेको हो ।

बरामद लत्ताकपडा बिराटनर भन्सार कार्यालय रानीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?