दिवेशले ७ शहरमा ९ वटा कन्सर्ट गर्ने

Read Time = 2 mins

काठमाण्डाैं । अमेरिकी आईडल फाइनलिस्ट नेपाली मुलका गायक दिवेश पोखरेलले नेपालको संस्कृति र प्रकृतिलाई विश्वमाझ चिनाउन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । नेपालमा हुन लागेको पहिलो सांगीतिक यात्राबारे जानकारी दिन बिहीवार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेपालमा भएका आफ्ना समर्थकहरूका लागि सांगीत प्रश्तुत गर्न नेपाल आएको बताउनु भयो ।

नेपालमा शनिवारदेखि हुने ‘टुबोर्ग होमकमिङ आर्थर गन’का लागि उहाँसहितको टोली नेपाल आएको थियो । उहाँले नेपालमा रहेका समर्थकहरुका लागि सांगीतिक प्रश्तुति दिनका लागि र नेपालको कला, संस्कृति र प्रकृतिको बारेमा जान्न र बुझ्न डकुमेण्ट्री बनाउने लक्ष्यसहित नेपाल आएको बताउनु भयो । एक महिनाको उहाँको नेपाल बसाईमा नेपालको सांस्कृतिक, सांगीतिक, पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिने बताउनु भयो ।

उहाँले संगीत युनिभर्सल ल्याङ्ग्वेज भएकोले यसबाट नै नेपालको पर्यटन प्रवर्द्धन गर्न सकिने बताउनु भयो । गायक दिवेशले देशका प्रमुख ७ शहरमा ९ वटा कन्सर्ट गर्नुहुनेछ । उहाँले नेपाल संस्कृतिका साथै प्राकृतिक बनावटले पनि सुन्दर रहेको भन्दै आफूले तयार पार्ने सांगीतिक टूर डकुमेण्ट्रीले झनै नेपालको पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो ।

सन् २०२० को अमेरिकन आइडलमा भाग लिएसँगै एकाएक चर्चामा आउनुभएका गायक पोखरलले अमेरिका संगीतको हिसावले राम्रो ठाउँ भएको बताउनु भयो । उहाँ अमेरिकन आडलको तेस्रो स्थान बनाउन सफल हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?