मुस्ताङ जिल्ला अस्पतालमै छैन नेतृत्व

Read Time = 4 mins

-डम्मर बुढा मगर
बागलुङ । मुस्ताङको जोम स्थित जिल्ला अस्पताल विगत ४ महिनादेखि नेतृत्वविहीन बनेको छ । गत फागुन ११ गते गण्डकी प्रदेशको सिफारिसमा घरपझोङ गाउँपालिका वडा नम्बर २ मार्फाकी कमला लालचनले राजीनामा दिएपछि अस्पताल नेतृत्वविहीन बनेको हो ।

अध्यक्ष लालचनले चार महिना अगाडि राजीनामा दिनुभएको थियो । नेपाली कांग्रेसमा आवद्ध समाजसेवी लालचनलाई गण्डकी प्रदेश सरकारले अस्पताल व्यवस्थापन समितिको अध्यक्ष पदमा नियुक्त गरेको थियो । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार बन्ने भएपछि लालचनले समितिको अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो ।

उहाँ नेपाली कांग्रेसको घरपझोङ गाउँपालिकाको समितिका कोषाध्यक्ष पदमा थिइन् । स्थानीय निर्वाचनमा कांग्रेस त्यागेर राप्रपामा पार्टी प्रवेश गर्नुभयो । यस अघि मुस्ताङ जिल्ला अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा संविधान सभा सदस्य चन्द्रबहादुर गुरुङले नेतृत्व सम्हाल्नुभएको थियो । उहाँको ३ वर्षीय कालकाल पूरा भएसंगै लालचन अध्यक्ष बन्नुभएको थियो ।

मार्फाकी लालचनले समितिको अध्यक्ष पदमा राजीनामा दिएको ४ महिना बितिसक्दा समेत मुस्ताङ जिल्ला अस्पतालले नेतृत्व गर्ने नयाँ अध्यक्ष पाउन सकेको छैन । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डन विशाल तिवारीले अस्पताल व्यवस्थापन समितिको अध्यक्ष प्रदेशले चाँडै नियुक्त गर्ने गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

‘अस्पतालको नेतृत्व ४ महिनादेखि रिक्त छ,नयाँ नेतृत्व आओस भन्ने हाम्रो सोच हो, निमिक्त मेसु तिवारीले भन्नुभयो, ‘प्रदेशले अध्यक्ष तोकेपछि नयाँ वा पुरानै समितिलाई निरन्तरता दिने भन्ने अध्यक्षको सो विवेकमा भर पर्छ ।’ लामो समयदेखि मुस्ताङ जिल्ला अस्पताल नेतृत्वविहीन रहँदा अस्पताल दिने सेवा सुविधा तथा महत्वपूर्ण निर्णयहरु गर्न अप्ठ्यारो परेको अस्पतालले जनाएको छ ।

कुनै पनि अस्पतालको अध्यक्ष पदमा बहाल हुने व्यक्ति ३० वर्ष उमेर पुरा भएको र निजको शैक्षिक योग्यता स्नाकोत्तर उत्तिर्ण भएको हुनुपर्छ । संघीयतापछि मुस्ताङ जिल्ला अस्पताल गण्डकी प्रदेशको स्वामित्वमा छ । गण्डकी प्रदेशका अस्पताल व्यवस्थापन समिति गठन आदेश निर्देशिका २०७५ अनुसार प्रदेशको सिफारिसमा जिल्लामा रहेका अस्पतालको अध्यक्ष चयन गर्ने जिम्मा प्रदेश सरकारले लिएको छ ।

प्रदेश सरकारले स्वास्थ्य वा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु-याएका प्रतिष्ठित व्यक्तिलाई मन्त्रालयले अध्यक्ष पदमा नियुक्त गर्छ । कार्यविधिमा कुनै पनि जिल्ला अस्पतालको अध्यक्ष पदमा रहने व्यक्तिको शैक्षिक योग्यता अस्पताल व्यवस्थापन गठन आदेश कार्यविधिमा स्थानीय तहको अध्यक्ष वा उपाध्यक्ष, उद्योग वाणिज्य संघ, जिल्लाका प्रतिष्ठित व्यक्ति सदस्यमा रहन पाउने प्रावधान छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?