काठमाडौं । सिट बाँडफाँटमा सहमति जुटाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको हो ।
अपराह्न ५ बजेका लागि बोलाइएको बैठक करिब एक घण्टापछि सुरु भएको हो ।
बैठकमा मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सिट बाँडफाँटका विषयमा छलफल हुने जनाइएको छ ।
सिट बाँडफाँटको मोडालिटी तय गर्नका लागि गठन भएको कार्यदलको बैठकले ठोस निर्णय गरेको छैन । कार्यदलका संयोजक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कार्यदलको सुझावबारे शीर्ष नेताहरूलाई बिफ्रिङ गर्नुभएको छ। गठबन्धनको बैठकमा त्यसबारे छलफल भएपछि कार्यदलले प्रतिबेदन तयार गर्ने तयारी गरेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका