लागूऔषधसहित दुई जना पक्राउ

प्रतिकात्मक तस्बिर

Read Time = 1 min

काठमाडौं । बाराको बाराको निजगढ नगरपालिका–८ बाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा नजिकैबाट शुक्रबार उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडी रहेको पूर्व‍–पश्चिम लोकमार्ग सडक खण्डबाट पथलैयाबाट निजगढ आउँदै गरेको प्रदेश–२–०३–०१३ प ९४४६ नम्बरको स्कुटर चेकजाँच गर्दा निजगढ नगरपालिकाका–९ ठाडोलाईका २४ वर्षीय सुजल लामा र निजगढ नगरपालिका–७ योजनाका ३९ वर्षीय सन्तबहादुर लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उनीहरूको साथबाट डाइजेपाम, फेनारागन र नेफिन गरी जम्मा २६–२६ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?