रोयल र गोल्डेनगेट सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । रोयल र गोल्डेनगेट प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुष फाइनलमा प्रवेश गर्नुभएको छ । रोयलले आयोजक नखिपोट युथ क्लब ‘ए’ लाई १०५-२७ ले पराजित गर्‍यो । रोयलका निकेश मगरले २७ स्कोर गर्नुभयो । रोयल सबै क्वार्टरमा हावी रहृयो । रोयलले पहिलोमा २७-११, दोस्रोमा २६-४, तेस्रोमा २४-६ र चौथोमा २८-६ अंक जोड्यो ।

गोल्डेनगेटले आइएसए नेपाललाई ६८-५५ ले हरायो । गोल्डेनगेटका अभिषेक सिंहले २३ अंक जोड्नुभयो । पहिलो क्वाटरमा २३-१४ को अग्रता लिएको गोल्डेनगेट दोस्रोमा १६-१७ र तस्रोमा १२-१४ को सामान्य अन्तरले पछि पर्‍यो । गोल्डेनलगेट चौथोमा १७-१० ले अगाडि रहृयो ।

पुरुषमै नेपाल आर्मी पनि विशाल मिलन केन्द्र (बीएमके) लाई ७८-७४ ले पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गर्‍यो । अन्य खेलमा झै आर्मीका लागि सर्वाधिक स्कोर गर्ने क्रममा आयुश सिंहले २६ स्कोर गर्नुभयो । सुरुका तीन क्वार्टरमा क्रमशः १७-१६, २६-१९ र १८-१५ को अग्रता लिनु नै आर्मीको जितको आधार बन्यो । चौथोमा बिएमकेले २४-१७ को अग्रता लिए पनि जित हात पार्न सकेन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?