बालेन र हर्कलाई दीपकराज गिरीको कटाक्षः लठ्ठी जुधाएर भाँच्यौ भने के टेक्छौ ?

Read Time = 2 mins

काठमाडौं । अहिले सामाजिक सञ्जालमा काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) र धरानका मेयर हर्कराज राई साम्पाङबिच घोचपेच र व्यङ्ग्य चलिरहेको छ । उहाँहरूको उक्त घोचपेचलाई लिएर विभिन्न प्रतिक्रिया आइरहेका छन् । साथै समर्थकहरू निराश बनेका छन् ।

काठमाडौँ आएर मेयर साम्पाङ धरान फर्केपछि उहाँहरूबिच घोचपेच र व्यङ्ग्य चलिरहेको हो । काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोर र यसको व्यवस्थापनका विषयमा उहाँहरूबिच घोचपेच चलेको हो । ‘काठमाडौँको फोहोर नउठाएसम्म चारैतर्फबाट प्रहार गर्नुपर्छ,’ सामाजिक सञ्जालमार्फत् मेयर साम्पाङले पछिल्लोपटक भन्नुभएको थियो ।

गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उहाँहरूले ‘लौरो’ चुनाव चिहृन पाउनुभएको थियो । सोही चुनाव चिहृनबाट स्वतन्त्र उम्मेदवारका रूपमा उहाँहरू निर्वाचित हुनुभएको हो ।

उहाँहरूबिचको घोचपेच र व्यङ्ग्यले जनताको साथ र समर्थन गुम्ने आशयसहित कलाकार दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकबाटै बालेन र साम्पाङलाई सचेत गराउनुभएको छ । कलाकार गिरीले फेसबुकमा लेख्नुभएको छ, ‘लठ्ठी टेक्ने हो, आपत् पर्दा बजाउने पनि हो, लठ्ठी जुधाएरै भाँच्यौ भने के टेक्छौ के बजाउँछौ ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?