कुमारीमा आस्वा शुल्क नलाग्ने

Read Time = 1 min

काठमाडौं । कुमारी बैङ्कबाट प्राथमिक सेयरको आवेदनमा आस्वा शुल्क नलाग्ने भएको छ । नयाँ व्यवस्थासँगै लगानीकर्ताले बैङ्कको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रदलगायतका विभिन्न धितोपत्रमा आवेदन दिँदा कुनै पनि शुल्क तिर्नुपर्दैन ।

ग्राहकको हित तथा पुँजीबजारमा बढ्दो सक्रियतालाई मध्यनजर गर्दै यस्तो छुट प्रदान गरिएको बैङ्कले जनाएको छ । छुट सुविधाबाट नयाँ लगानीकर्ता, युवा, विद्यार्थीलगायत कुमारी बैङ्कका सम्पूर्ण ग्राहक लाभान्वित हुने बैङ्कको अपेक्षा रहेको छ ।

बैङ्कले हाल १९७ शाखा, १९१ एटिएम, ४९ शाखारहित बैङ्किङ इकाई तथा २४ एक्सटेन्सन काउन्टरमार्फत् अत्याधुनिक वित्तीय सेवासुविधा दिँदै आएको छ । साथै आगामी दिनमा पनि थप प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने बैङ्कको प्रतिबद्धता छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?