पुटिन र सी जिनपिङ जी-२० शिखर सम्मेलनमा सहभागी हुने, बेलायतको भने आपत्ति

हिमालय टाइम्स
Read Time = 2 mins

मस्को । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ बालीमा हुन लागेको जी–२० शिखर सम्मेलनको सहभागी हुने बताएका छन् ।

विडोडोले भने, ‘सी जिनपिङ आउनुहुनेछ । राष्ट्रपति पुटिनले पनि आफू आउने बताउनुभएको छ ।’

यसैबीच, रुसले युक्रेनमा आफ्नो आक्रमण जारी राख्दा २० राष्ट्रको समूहमा बस्ने कुनै नैतिक अधिकार नभएको बेलायतको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

‘युक्रेनमा उसको आक्रामकता जारी रहँदा रूसलाई जी २० मा बस्ने कुनै नैतिक अधिकार छैन’, प्रवक्ताले भने ।

‘हामी जी २० बैठकमा रूसको युद्धको प्रभावहरू विचार गर्न सुनिश्चित गर्न इन्डोनेसियाको प्रयास र जी २० नेताहरूको शिखर सम्मेलनमा राष्ट्रपति (भोलोदिमिर) जेलेन्स्कीले प्रतिनिधित्व गर्न सक्ने संकेतलाई स्वागत गर्दछौँ । ’

जी २० को वैठक इन्डोनेसियाले यही नोभेम्बरमा आयोजना गर्दैछ । बैठकमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ नेता सि जिनपिङ सहभागी हुनेछन् ।

अमेरिका र उसका पश्चिमी सहयोगी कतिपय देशहरूले रुसी नेता पुटिनले युक्रेनमा एकतर्फीरूपमा युद्ध चलाएको बताउँदै उनी सहभागी मञ्चलाई आफूहरूले बहिष्कार गर्नसक्ने बताएका थिए भने तीनै देशका केही नेताहरूले जी–२० सम्मेलनमा नगएर रुस र चीनलाई एकतर्फी आफ्ना कुरा राख्न दिन नहुने बताउँदै सम्मेलनमा सहभागिता जनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।

पछिल्लो समय अमेरिका र चीनबीच ताइवान विषयलाई लिएर तनाव बढिरहेका समय यो उच्चस्तरीय सम्मेलन हुन लागेको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?