वेस्ट इन्डिजबिरुद्ध न्युजिल्यान्ड विजयी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजलाई दोस्रो एकदिवसीय क्रिकेटमा ५० रनले पराजित गर्दै न्युजिल्यान्डले शृंखला १-१ को बराबरीमा ल्याएको छ । शनिबार बिहान दुई सय १३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३५.३ बलमा सबै विकेट गुमाउदा मात्र एक सय ६१ रनमा समेटियो ।

उसका याननिची कारियहले सर्वाधिक ५२ रन बनाए । यस्तै, अल्जारी जोसेपले ४९ रन जोडे । न्युजिल्यान्डका टिम साउथीले ४ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै दुई सय १२ रन बनायो । उसका फिना एलेनले सर्वाधिक ९६ रन बनाए । यस्तै, ड्यारियल मिचेलले ४१ रनको योगदान गरे ।

वेस्ट इन्डिजका केभिन सिन्केलियरले ४ विकेट लिए । अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?