सुर्खेती सर्जक पुरीको तिज गित सार्वजनिक

Read Time = 2 mins

काठमाण्डौं । १९ बर्ष पहिले कलाकारीता यात्रा शुरू गरेका सुर्खेती सर्जक तिर्थराज पुरीको तिज गित बनारसी सारी भाग १ 'मलाई यसै ठिकै छ' सार्वजनिक भएको छ । पुरी ले २०६० सालमा आजभोली ठुलि भैछौ भन्ने गितमा शब्द लेखेर कलाकारिताको शुरूवात गरेका थिए । यसरी गितहरूमा शब्द लेख्दै जादा अभिनयको यात्रा लाई पनि पुरीले निरन्तरता दिन थाले ।

पछिल्नो समय चट्किलो भट्किलो तिज को परिस्थिति देखेर मौलिकता हरायो कि भन्ने भावनाका साथ यो गितको सुरूवात गरेको पुरी बताउछन् । यस गितमा निर्देशन चन्द्र मन्दिरले गरेका छन् भने अर्जुन सापकोटाको छायांकन र निर्मल प्याकुरेलको सम्पादन रहेको छ ।

पार्वती के.सी, लक्ष्मी गिरी, दिया बडुवाल, सरिता बुढा, सगुन गुरूङको नृत्य रहेको यस गितमा, तिर्थराज पुरी, सबिता राना बास्तोला, सन्दिप पुरी, ईन्द्रा चपाई, मिना गुरूङ, कायरा पाण्डे पुरीको अभिनय रहेको छ गितको पोस्ट प्रोडक्सनको काम श्रीनाथ फिल्मस् एण्ड प्रोडक्सन् हाउस प्रा.लीले गरेको हो ।

https://www.youtube.com/watch?v=j7zqVC04aWk

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?