भेन्टिलेटर सपोर्टमा राखिएको गिरीको स्वास्थ्य स्थिति स्थिर

Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राजनीतिक विश्लेषक प्रदीप गिरीको स्वास्थ्यस्थिति स्थिर छ । शनिवार दिउँसो जारी स्वास्थ्य अपडेट अनुसार उहाँलाई भेन्टिलेटर सपोर्टमा नै राखिएको छ। उहाँका स्वकीय सचिव कृष्ण खनालका अनुसार हिजो शुक्रबार जे अवस्था थियोे अहिले त्यहि स्थिति छ ।

लामो समय भारतमा स्वास्थ्य उपचारपछि नेता गिरी नेपाल फर्किनुभएको थियो । स्वास्थ्यमा क्रमिक सुधार भइरहँदा केही दिन अघि उहाँको छातीमा संक्रमण देखिएको हो । उहाँको अहिले मेडी सिटी हस्पिटल ललितपुरमा उपचार भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?