ओलीको अत्याचारविरुद्ध बाध्य भएर नयाँ पार्टी खोलेका हौँ : अध्यक्ष नेपाल

फाईल तस्बिर

Read Time = 3 mins

काठमाडौं । नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अत्याचारविरुद्ध बाध्य भएर नयाँ पार्टी खोलेको बताउनु भएको छ। नेकपा एसनिकट उपत्यका युवा विशेष जिल्ला कमिटीले शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले केपी ओलीले संविधान कुल्चिएको, संसद बिघटन गरेको सहेर बस्ने वा विद्रोह गर्ने भन्ने विकल्पमा दोस्रो रोजेको उहाँले बताउनु भयो ।

उहाँले ओलीसँग बसिरहनुको विकल्प नभएकै कारण नयाँ पार्टी गठन गरेको बताउनु भयो। केपी ओलीसमक्ष आत्मसमपर्ण गर्न नसकेको पनि उहाँले दाबी गर्नुभयो। ‘हामी एमालेमै रहेर हरिबिजोग भोग्न चाहदैनौं थियौं । उनीविरुद्ध चट्टानी अडानमा उभियौँ । यही कारण नेपालको रानीतिमा हाम्रो उपस्थिति देखाइ छाड्यौं ।’ अहिले नेकपा एसको ७७ वटै जिल्लामा संगठन विस्तार भएको र अझै पनि संगठनलाई फैलाउन लागि परेको उहाँले बताउनु भयो ।

कार्यक्रममा उहाँले पार्टीको उदेश्य पुरानो समाजलाई परिवर्तन गर्ने र कुनै पनि अन्याय, अत्याचारको अन्त्य गर्ने रहेको बताउनु भयो ।

केही केही नेताहरुका कारण अहिले पार्टी व्यवस्थाप्रति जनताको विश्वास घट्दै गएको पनि उहाँले बताउनु भयो। नेताहरूको भ्रष्टचारी व्यवहार र राज्य सत्ताको दुरुपयोगका कारण जनतामा दलिय व्यवस्थाप्रति विश्वास घटेको उहाँको भनाइ छ ।

‘हामी यि व्यवहारमा रहदैनौँ भनेर सुरु मै संकल्प गर्न जरुरी छ । यसको सुरुवात प्रधानमन्त्रीबाटै हुनुपर्छ । नेताहरू असल आर्दशप्रति सर्मपित हुनुपर्छ । नबिराउनु नडराउनु भन्ने उखान अनुसार काम गर्न जरुरी छ ।’ उहाँले भन्नुभयो ।

कार्यक्रममा उनले कम्युनिष्ट पार्टीबाहेक अन्य पार्टीको भविष्य नरहेको पनि बताए । तर, नामअनुसार काम गर्न भने सक्नुपनर्छ । नाम कम्युनिष्ट काम अरु गर्नेको भविष्य नभएको उनले जनाए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?