नेता गिरिको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि परिवारले भन्यो : उहाँको सुस्वास्थ्यको लागि प्रार्थना गरौँ

Read Time = 1 min
A A- A+

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राजनीतिक विश्लेषक प्रदीप गिरिको पारिवारिक स्रोतले उपचाररत गिरिको सुस्वास्थ्यको लागि प्रार्थना गर्न अनुरोध गरेको छ । गिरिको पछिल्लो स्वास्थ्य अवस्था बारे भारती सिलवाल गिरीले वक्तव्य जारी गर्दै यस्तो अनुरोध गर्नुभएकाे हाे ।

वक्तव्यमा गिरिको स्वास्थ्यको जटिलता र वर्तमान अवस्थामाथि प्रकाश पारिएको छ । एक महिनाअघि घाँटीको क्यान्सरको उपचार गरि नेपाल फर्किनुभएका गिरिलाई निमोनिया देखिएको थियो । उहाँ एक महिनादेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहनुभएको छ। पछिल्लो समय उहाँको स्वास्थ्य थप जटिल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?