लाखे नाचमा रमाउँदै प्रदेश १ का मुख्यमन्त्री

Read Time = 1 min

-निरोज कोइराला
भोजपुर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई आफनै क्षेत्रमा पुगेर लाखे नाचमा सहभागी हुनु भएको छ ।

मुख्यमन्त्री राईले गाउँमा पुगेर लाखेको ढोल बजाउँन थाले पछि स्थानीयहरु झन उत्साहित भएका थिए । मुख्यमन्त्री राईलाई षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले साथ दिनु भएको थियो । धर्म र संस्कृति जगेर्ना गर्ने कार्यमा मुख्यमन्त्री राईले पनि ऐक्यबद्धता जनाउनु भएको हो ।

भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ११ घर भएका मुख्यमन्त्री राई सोही ठाउँको देउरालीमा लाखे जात्राको अन्तिम दिन सहभागी हुनु भएको छ । मुख्यमन्त्री र मेयर नै लाखे लगायतको कार्यक्रममा सहभागी भएकोले आफुहरूमा पनि उत्साह जागेको युवाहरूको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?