वेस्ट इन्डिजमाथि न्युजिल्यान्डको जित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । न्युजिल्यान्डले दोस्रो ओडिआई खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई डकवर्थ लेविस पद्धतिका आधारमा ५० रनले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ ।

बार्बाडोसमा टस हारेर पहिला ब्याटिङ गर्दै न्युजिल्यान्ड ४८.२ ओभरमा २१२ रनमा अल आउट भएको थियो । न्युजिल्यान्डका ओपनर फिन एलेन ११७ बलमा ७ चौका र तीन छक्कासहित सर्वाधिक ९६ रनमा आउट हुनुभयो । डर्याल मिचेल ४१, मिचेल सान्टनर २६ र बोल्ट १६ रनमा आउट हुनुभयो । अन्य ब्याटरले दोहोरो अङ्कमा रन छुन सकेनन् ।

वेस्ट इन्डिजका स्पिनर केभिन सिन्क्लेयरले ८.२ ओभरमा ४१ रन खर्चेर चार विकेट लिनुभयो । जेसन होल्डरले नौ ओभरमा दुई मेडनसहित २४ रन खर्चेर तीन विकेट लिनुभयो । अकिल हुसेनले दुई विकेट लिनुभयो ।

वर्षाका कारण वेस्ट इन्डिजले ४१ ओभरमा जितका लागि डकवर्थ लेविस पद्धतिका आधारमा २१२ रनको लक्ष्य पाएको थियो । उक्त विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३५.३ ओभरमा १६१ रनमा अल आउट भयो ।

वेस्ट इन्डिजका आठौँ नम्बरका ब्याटर यानिक करियाहले ८४ बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक ५२ रन बनाउनुभयो । दसौँ नम्बरका ब्याटर अल्जारी जोशेफले ३१ बलमा पाँच चौका र दुई छक्कासहित ४९ रन बनाउनुभएको थियो ।

न्युजिल्यान्डका टिम साउथीले सात ओभरमा एक मेडनसहित २२ रन खर्चेर चार विकेट लिनुभयो । बोल्टले ६ ओभरमा एक मेडनसहित १८ रन खर्चेर तीन विकेट लिनुभयो । पहिलो खेलमा वेस्ट इन्डिज पाँच विकेटले विजयी भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?