चीनतिर आमिर खानको नजर

Read Time = 2 mins

मुम्बई । बलिउड अभिनेता आमिर खानको चलचित्र ‘लाल सिंह चढ्ढा’ गत ११ अगटमा प्रदर्शन भएको थियो । यो चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेन र फ्लपको सुचीमा गइसकेको छ ।

चार वर्षपछि रिलिज भएको यो चलचित्रले मुस्किलले ५० करोडको आँकडा पार गर्न सक्यो । भारतीय बक्सअफिसमा चलचित्र फ्लप भए पनि आमिर दुःखी भने देखिनुहुन्न । उहाँको नजर यतिबेला चीनतिर सोझिएको छ ।

चीनमा आमिरको फ्यान फलोइङ धेरै छ । चीनमा उहाँको चलचित्रलाई प्रतिक्षा गर्ने जमात ठूलो छ । चार वर्षपछि आमिरको फिल्मी आगमनले पनि चिनियाँ दर्शक उत्साहित छन् । यस्तो अवस्थामा ‘लाल सिंह चढ्ढा’ले चिनियाँ बक्सअफिसमा धमाल मच्चाउने सम्भावना बढेर गएको छ ।

यसअघि आमिरका कैयैं फिल्मले चिनियाँ बक्सअफिसमा राम्रो व्यापार गरेका छन् । चलचित्र ‘थ्री इडियट्स’ले चिनियाँ बक्सअफिस सय करोडको कमाई गरेको थियो । त्यस्तै चलचित्र ‘पीके’ले १ सय २८ करोड, ‘दंगल’ले १३ सय करोड, ‘सिक्रेट सुपरस्टार’ले ८ सय करोडको कलेक्सन गरेको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?