अर्थ मन्त्रालयले भाडाका बसमा कर्मचारी ओसार्ने

Read Time = 1 min

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा नयाँ गाडी नकिन्ने भएको छ । मन्त्रालयले कर्मचारीहरू ओसारपसारका लागि पनि भाडा बस प्रयोग गर्ने भएको छ । जसका लागि भाडा बसका लागि कम्पनीहरूलाई प्रस्ताव आहृवानसमेत गरेको छ । अर्थ मन्त्रालयले बिहान र बेलुका कर्मचारी ओसारपसारका लागि भाडाका बस आहृवान गरेको हो ।

मन्त्रालयद्वारा जारी सूचनाअनुसार बिहान ९ः४५ बजे सिंहदरबारअगाडि गेटमा आइपुग्ने र बेलुका ५ः१५ बजे सिंहदरबार गेटमा आइपुग्ने गरी बस भाडामा माग गरिएको छ । ४० सिट क्षमताका दुईवटा बस हुनुपर्ने र बस नयाँ मोडलका हुनुपर्नेछ ।

इच्छुक बस व्यवसायीले आवश्यक कागजातसहित अर्थ मन्त्रालयमा बुझाउन सक्ने बताइएको छ । अर्थ मन्त्रालयले कुनै किसिमका सवारीसाधन सकेसम्म नथप्ने निर्णय गरेको हो । चालु आर्थिक वर्षको बजेट भाषणमा सरकारले गाडी खरिद नगर्ने उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?