काठमाडौं । आइतबारदेखि स्वदेशी जुत्ताचप्पल तथा छालाजन्य वस्तुको व्यापार मेला हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालको आयोजनामा पाँचौँ दशैँ जुत्ताचप्पल व्यापार प्रवद्र्धन मेला हुने भएको हो ।
स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यका साथ काठमाडौँको भृकुटीमण्डपमा हुने मेला भदौ २० गतेसम्म सञ्चालन हुने मेला संयोजक सुरज बञ्जाडेले जानकारी दिनुभएको छ ।
आयात प्रतिस्थापन गरी जुत्ताचप्पल तथा छालाका वस्तु उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन मेलाको आयोजना गर्न लागिएको उहाँले बताउनुभएको छ । मेलामा १० देखि ५० प्रतिशत छुट प्रदान गरिने पनि आयोजकले जनाएको छ ।
मेलाले उद्यमीबिच स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तर तथा डिजाइनमा सुधार ल्याउने आयोजकको दाबी छ । एसोसिएसनका अध्यक्ष नानीराज घिमिरेले कोरोनाका कारण धराशायी बनेको नेपाली जुत्ताचप्पल उद्योगको विकासका लागि मेलाबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच