स्वर्गिय गिरिको भोलि श्रद्धाञ्जली पश्चात पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

Read Time = 2 mins

काठमाडौं ।  नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । ७५ वर्षीय नेता गिरीको उपचारको क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा निधन भएको हो ।

कांग्रेस सचेतक मीनबहादुर विश्वकर्माद्वारा जारी शोक विज्ञप्ति अनुसार स्वर्गिय नेता गिरिको पार्थिव शरीर भोलि विहान ९ बजेदेखि ११ बजेसम्म ललितपुरमा रहेको नेपाल मेडिसिटी अस्पतालको शिवालयमा श्रद्धाञ्जलीका लागि राखिने  छ ।

यसैगरी विहान ११ः३० देखि २ बजेसम्म कांग्रेस मुख्यालय वी. पी. स्मृति भवन सानेपामा श्रद्धाञ्जलीका लागि राखिने शोक विज्ञप्तिमा जनाइएको छ ।

तत् पश्चात भोलिनै स्वर्गिय गिरिको पार्थिव शरीर पशुपति आर्यघाटनमा अन्त्यष्टि गरिने सचेतक  विश्वकर्माले जनाउनु भएकाे छ ।

शोक विज्ञप्तिमार्फत विश्वकर्माले  केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य गिरिको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथै भावपूर्ण श्रद्धान्जलि व्यक्त गर्नुभएकाे छ । साथै उहाँले यस दु:खको घडीमा शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्नुभएकाे छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?