डिजी पे र स्टार हस्पिटलबीच सहकार्य

Read Time = 2 mins

काठमाडौं । डिजी पे प्रालि र स्टार हस्पिटलबीच सहकार्यका लागि सम्झौता भएको छ । सहकार्यअन्तर्गत डिजी पेले ल्याएको व्यावसायिक तथा घरदैलो योजना डिजी पेमा आबद्ध हुने सम्पूर्ण व्यवसायी तथा घरदैलोका ग्राहकले स्टार हस्पिटलको सौजन्यमा आठ सय २५ रुपैयाँमा दुईवटा एक हजार छ सय ५० बराबर ओपिडी टिकट निःशुल्क पाउनेछन् ।

साथै बेड तथा स्वास्थ्य परीक्षणमा १० प्रतिशत र औषधिमा पाँच प्रतिशतसम्म छुट पाउनेछन् । स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जनले सहकार्यले सम्बन्धित सबैलाई व्यावसायिक, सामाजिक तथा स्वास्थ्य लाभका साथै डिजी पेको पनि बजार प्रवद्र्धन हुने बताउनुभएको छ ।

डिजी पेका अध्यक्ष दिवाकरबहादुर पाण्डेले स्टार हस्पिटल जस्तो एक प्रतिष्ठित स्वास्थ्य संस्थासँग सहकार्य गरी आफ्ना व्यवसायी र ग्राहकलाई विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताउनुभएको छ । कम्पनीका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ । सोअन्तर्गत स्वास्थ्य क्षेत्र आबद्ध गर्ने पहिलो खुड्किलो र उपलब्धि हो । सम्झौतापत्रमा स्टार हस्पिटलका अध्यक्ष महर्जन र डिजी पेका अध्यक्ष पाण्डेले हस्ताक्षर गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?