काठमाडौं । माछापुच्छ्रे बैङ्कले नेपाल नाई सङ्घलाई क्युआर कोड हस्तान्तरण गरेको छ । देशका हरेक वर्गका ग्राहकमा डिजिटल सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सङ्घलाई पनि क्युआर कोड प्रदान गरिएको बैङ्कले जनाएको छ । क्युआर कोडबाट देशका विभिन्न स्थानमा रहेका तीन लाखभन्दा बढी सैलुन व्यवसायी लाभान्वित हुने बैङ्कले जनाएको छ ।
एक कार्यक्रमबिच सङ्घका अध्यक्ष राजाराम ठाकुरलाई बैङ्कका प्रमुख डिजिटल बैङ्किङ अधिकारी माधव सुवेदीले क्युआर हस्तान्तरण गर्नुभएको हो । क्युआरसँगै ग्राहकले सङ्घमा आबद्ध सैलुन व्यवसायीबाट विभिन्न सेवाबापतको शुल्क मोबाइल बैङ्किङ एपमार्फत् क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने बताइएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका