इटालियन ब्रान्ड ‘दा मिलानो’ नेपाली बजारमा

Read Time = 1 min

काठमाडौं । इटालियन फेसन ब्रान्ड ‘दा मिलानो’ नेपाली बजारमा भित्रिएको छ । करिब डेढ दर्जन अन्तर्राष्ट्रिय ब्रान्ड भिœयाएको आरपी ग्रुपले दामिलानो पनि भित्र्याएको हो ।

चाडबाडलाई केन्द्रित गरेर नयाँ उत्पादन ल्याएको कम्पनीकी असिस्टेन्ट स्टोर म्यानेजर ग्रेसा खड्काले जानकारी गराउनुभएको छ । नयाँ प्रोडक्टमा महिला र पुरूष दुवैलाई हुने कपडा छन् ।

दरबारमार्गस्थित शोरूमबाट कपडा किन्न सकिने कम्पनीले जनाएको छ । शोरूममा लेडिजका लागि आवश्यक साना तथा ठूला ब्याग, चप्पल, कपडा, बेल्ट तथा पर्स डिस्प्लेसमेत रहेका छन् । दामिलानो इटालियाको शोरूममा जेन्सलाई आवश्यक पर्ने जुत्ता तथा चप्पल पनि रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?