आर्सनलको लगातार तेस्रो जित, शीर्ष स्थान कायमै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बर्नेमाउथलाई ३-० ले पराजित गर्दै आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा आर्सनललाई जित दिलाउन कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे । यस्तै, विलियम सालिबाले एक गोल थपे ।

खेलको पाँचौं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाए । खेलको ११ औं मिनेटमा ओडेगार्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ५४ औं मिनेटमा सालिबाले गोल गर्दै आर्सनललाई ३-० को जित दिलाए ।

त्यसबाहेक आर्सनलका ग्राबियल जिससले ७२ औं मिनेटमा गरेको गोलले मान्यता पाएन् । भीएआरमा उनी अफसाइड देखिए ।

जितसँगै ३ खेलबाट ९ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ । बर्नेमाउथ ३ अंक जोडेर १४ औं स्थानमा छ । ७ अंकसहित टोटनहम दोस्रो स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?