देशले सिद्धान्तनिष्ट बौद्धिक ब्यक्तित्व गुमायो : राष्ट्रपति भण्डारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले नेपाल कांग्रेसका नेता प्रदीप गिरीको निधनमा शोक ब्यक्त गर्नुभएको छ ।

गिरीको निधनले देशले सिद्धान्तनिष्ट बौद्धिक ब्यक्तित्व गुमाएको राष्ट्रपति भण्डारीले जनाउनुभएको छ ।

‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ, उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं,’ राष्ट्रपति भण्डारीद्धारा जारी शोक बक्तब्यमा भनिएको छ, ‘म दिवंगत प्रदीप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’

उपचारको क्रममा शनिबार राति प्रतिनिधिसभा सदस्यसमेत रहनुभका गिरीको निधन भएको थियो । आजै उहाँको पशुपति आर्यघाटमा अन्त्यष्टी गरिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?