गिरीको निधनबाट नेपाली राजनीतिमा गहिरो अभाव भयो : प्रचण्ड

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस नेता प्रदिप गिरीको निधनमा शोक ब्यक्त गर्नुभएको छ ।

उपचारको क्रममा शनिबार राति निधन हुनुभएका गिरीको निधनले समकालिन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति भएको अध्यक्ष दाहालले जनाउनुभएको छ ।

‘नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ,’ प्रचण्डले सामाजिक सञ्जालमा भन्नुभएको छ, गिरीको निधनबाट समकालिन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?