आलिया भट्टको डार्लिंग्सले नेटफ्लिक्समा राख्याे यस्तो रेकर्ड

Read Time = 2 mins

मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट हालका दिनमा आफ्नो हालै रिलिज फिल्म ‘डार्लिंग्स’लाई लिएर चर्चामा छिन् । यो फिल्म गत अगष्ट ५ मा नेटफ्लिक्समा रिलिज भएको थियो, जसमा आलियासँग अभिनेता विजय वर्मा पनि देखिएका थिए ।

रिलिजपछि यो फिल्मले नेटफ्क्लिसमा नयाँ रेकर्ड राखेको छ । यो फिल्म गैर-अंग्रेजी भाषाको सबैभन्दा बढी भारतीय ओपनरका रुपमा आएको थियो । १६ देशमा यो फिल्म उत्कृष्ट १० मा थियो । अहिले पुनः यसले अर्को रेकर्ड राखेको छ ।

आलियाको फिल्म नेटफ्लिक्समा सर्वाधिक हेरिने गैर-अंग्रेजी भाषाको भारतीय फिल्म बनेको छ । यो फिल्मलाई हालसम्म २४ मिलियन घण्टासम्म हेरिएको छ ।

घरेलु हिंसाको कथामा आधारित फिल्ममा आलियाले बदरुनिसा उर्फ बदरुको भूमिका निभाएकी छन् । फिल्ममा विजय उनका पति हमजाको भूमिकामा छन् । दुवैको चरित्रलाई दर्शकले निकै मनपराएका छन् ।

यो फिल्मलाई ओटीटी रिलिजका लागि ८० करोडमा बेचिएको हो । यो फिल्ममार्फत आलियाले निर्माताका रुपमा पनि आफ्नो करियर सुरुवात गरेकी हुन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?