सबैको माया र आशिर्वादले आज मेरो एउटा सपना पूरा भएको छ : रचना रिमाल

Read Time = 3 mins

काठमाडौं । गायिक रचना रिमालले आफ्नो एउटा सपना पूरा भएको बताएकी छन् ।

आफ्नो सानैदेखि बाबाआमालाई एउटा घर बनाएर राख्ने सपना भएको र त्यो आफूले सांगितिक क्षेत्रबाट पूरा गरेको बताएकी छन् ।

सांगितिक यात्रामा नवप्रवेशी रचना पछिल्ला दिनमा निक्कै लोकप्रिय समेत भएकी छन् । सांगितिक यात्राकै दौरानमा उनलाई देशविदेशमा भ्याइनभ्याई छ ।

झापा चन्द्रगढीकी स्थायी वासिन्दा रचनाले आफ्नै आयआर्जनबाट नयाँ पक्की घर बनाएकी छन् । साथै उनले आफूलाई माया र हौसला दिने सबैसँग नतमस्तक रहेको बताएकी छन् ।

चन्द्रगढीमा निर्माण गरेको घरको तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै उनले लेखेकी छन्:

सानैदेखि बाबाममिलाई एउटा घर बनाएर राख्ने सपना थियो, सांगितिक क्षेत्रबाटै यो सपना पुरा गर्छु भन्ने कल्पना नै थिएन तर हजुरहरु सबैको माया र आशिर्वादले गर्दा आज मेरो एउटा सपना पुरा भएको छ ❤️
चन्द्रगडि झापामा पुरानो घर भएको ठाँउमा चार कोठे पक्कि घर निर्माण कार्य सकिएको छ , बाबाममि यहि घरमा बस्दै हुनुहुन्छ 🥰 माया, साथ, हौसला र आशिर्वाद दिनुहुने सबैमा नतमस्तक छु।
सदैव यहि क्षेत्रमा रहि सत्कर्म गर्ने छु 🎶

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?