राष्ट्रपति भण्डारीद्वारा दुईवटा विधेयक प्रमाणीकरण

Read Time = 1 min

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुईवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएका दुईवटा विधेयक आइतबार राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रपति भण्डारीले नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

विधेयक प्रमाणीकरणबारे जानकारी दिन प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्ति :

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?