नहरमा डुबेर बालकको मृत्यु

सांकेतिक तस्बिर

Read Time = 1 min

सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका-२ सिद्धिपुरमा रहेको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तकोसी नगरपालिका(१ का कार्यलय सहयोगी राजकुमार रामको दुई वर्षीय छोरो सन्दिप राम रहेका छन्।

आइतबार बिहान नहरमा डुबेर मृत्यु भएको स्थानीयले बताएका छन्। बालकको शव डुबेको ४ घण्टापछि दिउँसो १२ बजे घरदेखि डेढ किलोमिटर दक्षिण नहरमा फेला परेको प्रहरीले जनाएको छ।

मृतक बालकको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याएको प्रहरी चौकी फत्तेपुरले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?