रुसकी चर्चित पत्रकार तथा कमेन्टेटर दार्या दुगिनको हत्या

Read Time = 1 min

मस्को । रुसकी चर्चित पत्रकार तथा कमेन्टेटर दार्या दुगिनको हत्या भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘दिमाग’ को परिचय पाउनुभएका अलेक्जेन्डर दुगिनकी छोरी पत्रकार तथा कमेन्टेटर दार्या दुगिनको हत्या भएको हो । राजधानी मस्को नजिक दुगिनको हत्या भएको हो ।

उहाँले युक्रेनमाथिको रुसी आक्रमणको समर्थन गर्दै आउनुभएको थियो स्थानीय सञ्चारमाध्यमका अनुसार अफिसबाट घर जाँदै गर्दा शनिबार साँझ दार्याको कारमा विष्फोट भएको थियो । कतिपयले यो आक्रमण अलेक्जेन्डरलाई लक्षित गरिएको हुनसक्ने आशंका गरेका छन् ।

अलेक्जेन्डर रसियाका धुरन्धर राष्ट्रवादी मानिनुहुन्छ । हाल युक्रेनमाथि भइरहेको रुसी आक्रमणको मास्टरमाइन्ड पनि अलेक्जेन्डर नै भएको कतिपयको भनाइ छ । एउटै अफिसबाटसँगै निस्किनुभएका अलेक्जेन्डर र दार्या बाबुछोरी एउटै कारमा घर जाने तयारीमा हुनुहुन्थ्यो । अलेक्जेन्डर अन्तिम समयमा अर्को कारमा चढनुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?