रियलमी फाइभ जी फोन

Read Time = 2 mins

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले हालसम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी ९ प्रो फाइभ जी, रियलमी सी ३० ल्याएको छ । सो अवसरमा रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भन्नुभयो, ‘यो हाम्रा लागि एकदमै महत्वपूर्ण स्मार्टफोन सिरिज हो । किनभने यो बेस्ट फिचर र पावर प्याक्ड पर्फर्मेन्ससहित नेपाली उपभोक्ताले खोजेको मूल्यमा उपलब्ध छ ।’

कम्पनीका अनुसार रियलमी ९ प्रो फाइभजीमा शक्तिशाली प्रोसेसर रहेको छ भने १२० हर्जको अल्ट्रा स्मुथ फुल डिस्प्ले रहेको छ । त्यस्तै ६४ एमपीको ट्रिपल क्यामेरा, १६ एमपीको वाइड एङ्गल सेल्फी क्यामराका साथै साइड माउन्टेड फिङर प्रिन्ट सेन्सरसमेत रहेको छ । शक्तिशाली ब्याट्री रहेकाले स्ट्यान्ड-बाइ मोडमा पाँच सय ८१ घण्टासम्म टिक्ने एक सय ३९ घण्टासम्म म्युजिक प्लेयर अन गर्न सकिन्छ । आठ/एक सय २८ जिबी स्टोरेज क्षमतासहित उपलब्ध रियलमी फाइभ जीको मूल्य ३८ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

त्यसैगरी रियलमी सी ३० मा आठ एमपी र पाँच एमपी क्यामेराका साथै स्ट्यान्ड बाइ मोडमा ४५ दिनसम्म टिक्ने ब्याट्री प्रयोग गरिएको छ । रियलमी सी ३० का विभिन्न भेरियन्टको मूल्य १४ हजार चार सय ९९ र १९ हजार नौ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?