एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको शानदार जीत

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानमा लिलमाथि शानदार जीत निकालेको छ । किलियान एम्बाप्पेको ह्याट्रिकको मद्दतले पीएसजीले लिलमाथि ७-१ को शानदार जीत हासिल गरेको हो ।

एम्बाप्पेले लियोनेल मेस्सीको पासमा खेल सुरु भएको ८ सेकेन्डमा नै गोल गरेका थिए । मेस्सीले खेलको २७ औँ मिनेटमा अग्रता दोब्बर बनाएर असरफ हाकिमीले तेस्रो गोल थपे ।

पहिलो हाफको अन्त्य र दोस्रो हाफको सुरुवातमा नेयमारले एक/एक गोल गरे । त्यसपछि एम्बाप्पेले दुई गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे ।

२७ औं मिनेटमा मेस्सीले पीएसजीको अग्रता दोब्बर बनाए । खेलको ३९ औं मिनेटमा हाकिमीले गोल गर्दा पीएसजी ३-० ले अघि रह्यो । ४३ औं मिनेटमा नेयमारले गोल गर्दै टिमको अग्रता ४-० को बनाए ।

नेयमारले नै ५२ औं मिनेटमा गोल गरेपछि पीएसजीले ५-० को अग्रता बनायो । खेलको ५४ औं मिनेटमा लिलका जोनाथनले गोल गर्दै खेल ५-१ को स्थितिमा ल्याए ।

खेलको ६६ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ६-१ को बनाए । त्यसपछि खेलको ८७ औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा पीएसजीले ७-१ गोलको जित निकाल्यो ।

तीन खेलमा तीन वटामै जीत हासिल गर्दै पीएसजी लिगको शीर्ष स्थानमा रहेको छ । लिल भने लिगको १२ औँ स्थानमा सीमित बनेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?