प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै, शोक प्रस्ताव प्रस्तुत गरिने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्ने भएका छन् ।

प्रतिनिधिसभाको ११औँ अधिवेशनको ५७औँ बैठक बस्न लागेको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुनेछ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नु हुनेछ । यसअघि गिरिको निधनकै कारण आइतबारको बैठक स्थगित गरिएको थियो ।

आजै राष्ट्रियसभाको बैठकमा पनि प्रतिनिधिसभाका सदस्य गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

गिरिको शनिबार राति मेडिसिटी अस्पतालमा निधन भएको थियो । उहाँको आइतबार साँझ अन्त्यष्टि गरिएको थियो । गिरि समाजवादी चिन्तक एवम् नेपाली कांग्रेसका नेता समेत हुनुहुन्थ्यो ।

राष्ट्रियसभाको १२औँ अधिवेशनको ४७औँ बैठक बस्न लागेको हो । बैठक दिउँसो १२ः५९ बजे सुरु हुने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?