राष्ट्रिय क्रिकेट टोली आज केन्या प्रस्थान गर्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पाँच टी-२० र तीन एकदिवसीय क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज केन्या प्रस्थान गर्ने भएको छ ।

नेपाली टोली आज अपरान्ह ४ बजे केन्या प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपालले केन्यासँग ५ खेलको टी-२० अन्तर्राष्ट्रिय र तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ।

पाँच खेलको टी-२० सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ। तीन खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ। दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ ।

राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टिम सम्हाल्ननु हुनेछ । सिरिजका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा भइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?